कोरोना संक्रमित बोक्न छुट्टै एम्बुलेन्स « Khabarhub

कोरोना संक्रमित बोक्न छुट्टै एम्बुलेन्स


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिप्लेढुङ्गा – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 

प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका चालकसहित छ एम्बुलेन्स व्यवस्था गरिएको जानकारी दिए।

शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो ।  

उनका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी