अमेरिका, स्पेन र इटालीमा घट्यो कोरोनाभाइरसको प्रभाव | Khabarhub Khabarhub

अमेरिका, स्पेन र इटालीमा घट्यो कोरोनाभाइरसको प्रभाव


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटाली, स्पेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ ।

२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या पनि घटेको छ ।

२४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए । र, ५ हजार ८ सय १ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस को संक्रमणबाट ६९ हजार बढीको ज्यान गएको छ ।

विश्वमा १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ६९ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४४ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही