कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग ! « Khabarhub

कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग !


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग गर्ने तयारी गरिएको छ ।

कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको हो ।

मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको बीबीसीले जनाएको छ ।

विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।

मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार “बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय” खोजी हुँदैछ।

यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ।

गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढङ्गमा सङ्क्रमण पत्ता लगाउन सकिनेछ। त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ०१ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री