डोटीमा गोली हानेर युवतीको हत्या « Khabarhub

डोटीमा गोली हानेर युवतीको हत्या


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीमा गोली हानेर युवतीको हत्या भएको छ । डोटीको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अनिताकै श्रीमानले उनीमाथि गोली प्रहार गरेका बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको छ ।

उनीहरुले केही समय अगाडि मात्रै प्रेम विवाह गरेका बुझिएको छ ।

खडकले भरुवा बन्दुकबाट गोली प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार