अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा « Khabarhub

अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् ।

हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई ) पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो ।

पठाएका सामग्रीहरु सदुपयोग र स्थानीय सरकारका कामबारे जानकारी लिन आफूहरु जिल्लामा पुगेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विमला केसीले जानकारी दिए ।

मन्त्रीहरुको टोलीले शनिबार सल्यान र रुकुमपश्चिममा र आइबार जाजरकोटमा अनुगमन गरेको थियो । टोलीले रुकुमपश्चिमको कोरोना अस्पतालको निरीक्षण समेत गरेको थियो ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी, सामाजिक विकासमन्त्री दल रावल जाजरकोट आएर जिल्लाको सातै तहको तयारीका विषयमा जानकारी लिएका थिए ।

कर्णाली प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीहरु पठाइसकेको मन्त्री केसीले जानकारी दिए । सामाजिक विकासमन्त्री रावलले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै भने, “तपाईहरुको साथमा हामी छौँ, ढुक्कका साथ काम गर्नुहोस्, समस्या परेमा हामीले हेलिकोप्टरबाट सेवा दिने छौँ ।”

टोलीले जाजारकोट सदरमुकामको स्वास्थ्य सेवा कार्यालयद्वारा निर्माण गरिएको १२ शैयाको आइसोलेशन कक्षको अनुगमन तथा भेरी नगरपालिकाले त्रिभुवन माविमा निर्माण गरेको क्वारेन्टाइनको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयमा ज्वारो नाप्ने थर्मलगन अहिलेसम्म नपुगेको भन्दै स्थानीयबाट मन्त्रीहरुलाई असन्तुष्टि व्यक्त गरिएको थियो ।

जिल्लाका सातै तहका सरकार प्रमुखले हतियारविना कसरी काम गर्ने भन्दै मन्त्रीहरुसँग गुनासो गरेका थिए । स्थलमा काम गर्न जाउँ भन्ने तर हतियार नै नभएपछि कसरी काम गर्नु नलगाड नगरपालिकाका नगरप्रमुख प्रमुख टेकबहादुर रावलले गुनासो गरेका थिए। स्थानीय स्रोत र साधनले भ्याएसम्म काम गरेको अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख प्रमुख लालबहादुर महतराले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  २ : ०८ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६