बिमान निर्माता कम्पनी बोइङको कारखाना अनिश्चितकालीन बन्द | Khabarhub Khabarhub

बिमान निर्माता कम्पनी बोइङको कारखाना अनिश्चितकालीन बन्द


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन –– अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

साथै कम्पनीले बोइङ ७३७ म्याक्स बिमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि अहिले बन्द छ ।

बोइङले आइतबार कोविड–१९ को महामारीबाट कर्मचारीलाई जोगाउन पनि कारखाना अनिश्चितकालका लागि बन्द गर्नु परेको जनाएको थियो ।

बोइङका व्यावसायिक बिमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरुका परिवार र हाम्रो समयको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

कोरोनाभाइरसको महामारीका साथै बोइङ ७३७ म्याक्स शृंखलामा आएको समस्याका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । कम्पनीले हाल अमेरिकी हवाई उड्डयन कम्पनीलाई जोगाउन संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोध गरेको छ । ।

कम्पनीले गत बिहीबार कर्मचारीलाई स्वेच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ११ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी