भैरहवा प्रयोगशालामा कोरोना परीक्षण गरिएका १० जनाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण गरिएका १० जनाको रिपोर्ट नेगेटिभ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड –१९ को परीक्षणका लागि भैरहवामा स्थापित प्रयोगशालामा परीक्षण गरिएका १० जनाकाे कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो । डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन् ।

प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो । प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि

लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन् ।

प्रदेश नं ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ । प्रयोगशालामा संघीय सरकारले पठाएको पीसीआर मेशिनबाट कोरोना परीक्षण हुने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : २१ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला