प्रधानमन्त्री ओलीद्वारा नेपालीहरुको अवस्था बुझ्न यूएईका युवराजसँग फोनवार्ता « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा नेपालीहरुको अवस्था बुझ्न यूएईका युवराजसँग फोनवार्ता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेटस् (यूएई)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग फोन वार्ता गरी त्यहाँ रहेका नेपालीहरुकाे अवस्थाबारे जानकारी लिएका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सोमबार साँझ यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेका हुन्।

फोन वार्तामा युवराज नाह्यानले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने बताएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

यूएई नेपालीहरूको वैदेशिक श्रम गन्तव्यको प्रमुख एक देश हो।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ०८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२