प्रधानमन्त्री ओलीद्वारा नेपालीहरुको अवस्था बुझ्न यूएईका युवराजसँग फोनवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा नेपालीहरुको अवस्था बुझ्न यूएईका युवराजसँग फोनवार्ता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेटस् (यूएई)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग फोन वार्ता गरी त्यहाँ रहेका नेपालीहरुकाे अवस्थाबारे जानकारी लिएका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सोमबार साँझ यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेका हुन्।

फोन वार्तामा युवराज नाह्यानले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने बताएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

यूएई नेपालीहरूको वैदेशिक श्रम गन्तव्यको प्रमुख एक देश हो।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ०८ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ