वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन « Khabarhub

वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  वुहानस्थित एक ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीमा सत्यता नरहेको चीनले जनाएको छ ।

वुहान ल्यावबाट कोरोना भाइरस वाहिरिएको कैयन प्रमाणहरु रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले एक टेलिभिजन अन्तरवार्तामा दावी गरेलगत्तै चीनले त्यसको खण्डन गरेको हो ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमार्फत अमेरिकी दावी अस्वीकार गरेको हो ।

पूर्वसीआईएस निर्देशकले आधारहिन आरोप लगाएर विश्वलाई स्तब्ध बनाएको सम्पादकीयमा भनिएको छ ।

यदि पम्पिओसँग त्यस्ता प्रमाणहरु छन् भने उनलाई त्यस्ता कथित प्रमाण विश्वसामु पेश गर्न सम्पादकीयमार्फत चुनौती समेत दिइएको छ ।

उनीसँग त्यस्तो कुनै प्रमाण नरहेको र आइतबारको अन्तरवार्तामा उनले झुठो बोलेको चीनको पत्रिकाको सम्पादकीयमा दावी गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एवीसी टीभीलाई दिएको अन्तरवार्तामा कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका थिए ।

अन्तरवार्ताका क्रममा कोभिड १९ को कारक कोरोनाभाइरस ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप बाहिरिएको वा नियतपूर्वक ल्याबमा नै बनाइएको भन्नेबारे भने पम्पिओ अन्यौलमा देखिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका उच्च अधिकारीहरुले चीनको वुहान इन्स्टीच्युट अफ भाइरोलोजीमा फ्रिजमा राखिएका भाइरस लिक भएर बाहिरिएको दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा