मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह « Khabarhub

मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिने जनाइएको छ । यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ ।

जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो ।

मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ  ।मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् ।

कोरोना संक्रमित १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो