मन्त्रिपरिषद बैठक जारी, लकडाउन लम्ब्याउने तयारी « Khabarhub

मन्त्रिपरिषद बैठक जारी, लकडाउन लम्ब्याउने तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि विहान ११ बजेदेखि बालुवाटरमा मन्त्रिपरिषद बैठक बसिरहेको हो ।

बैठकमा काठमाडौं उपत्यकाका सबै ६ वटा नाका शिल गरेर आन्तरिक आवागमनचाँही खुलाउने कि भन्नेबारे समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले अहिले लिएको लकडाउनको मोडालिटी सही भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

समितिको बैठकमा लकडाउन कति समय थप्ने भन्नेबारे भने मन्त्रिपरिषदले नै निर्णय लिने सहमति भएको थियो ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक बैशाख १५ गते थपिएको लकडाउनको समयावधि भोलि मध्यरातिदेखि सकिँदैछ ।

नेपालमा कोरोना भाइरसका दोस्रो संक्रमित देखिएपछि लकडाउन गरिएकोमा हाल संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ४४ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख