उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण « Khabarhub

उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुन: कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलाका ५८ वर्षीया पुरुषमा फलोअप परीक्षणमा पुनः कोरोना संक्रमण देखिएको बताए ।

उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरीएको छ । यस्तै बैशाख १९ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीया पुरुष र पर्साका ४४ वर्षीया पुरुषको पनि फलोअप टेष्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर देवकोटाको भनाइ छ । उनीहरुलाई पनि अहिले नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता डा देवकोटाले बताए ।

उनले कोशी अस्पतालमा ६ जना निको भएर घर फर्किएको बताए । यो सँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या २२ पुगेको छ । तर, निको भएकामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार देशभर कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका सबै गरी १ सय ३६ जना देशभरका अस्पतालमा आइसोलेसनमा रहेकाक छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा नमूना परीक्षण गरीएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हाल देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइमा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ४५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले