२ महिने शिशुसँगै सुत्केरी आमालाई पनि कोरोनाको संक्रमण « Khabarhub

२ महिने शिशुसँगै सुत्केरी आमालाई पनि कोरोनाको संक्रमण


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक दुई महिने शिशुमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पर्सामा दुई महिने शिशुमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

बुधबार संक्रमण पुष्टि भएका पर्साका १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमति १७ जनालाई नै अहिले नारायणी अस्पताल वीरगञ्जमा आइसोलेसनमा राखिएको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार दुई महिने शिशुकी आमालाई पनि कोरोना संक्रमण देखिएको छ । डा सिंहका अनुसार सुत्केरी महिला र उनका शिशुलाई पनि कोरोना संक्रमण देखिएकाले नारायणी अस्पतालले आमा र शिशु गरी दुवै जनालाई एउटै आइसालेसनमा राख्ने गरी व्यवस्थापन गरिसकेको छ ।

‘आज पर्सामा दुई महिनाको शिशुलाई पनि कोरोना संक्रमण देखिएको छ, दुई महिनाको शिशुकी आमालाई पनि कोरोना संक्रमण देखिएको हो,’ डा सिंहले खबरहबसँग भने, ‘अहिले शिशुलाई आमासँगै राख्छौं, शिशुलाई पनि कोरोनाको कुनै लक्षण देखिएको छैन, तर पनि हामीले नारायणी अस्पतालमा बाल रोग विशेषज्ञको निगरानीमा आइसोलेसनमा राख्ने तयारी गरीसकेका छौं ।’

एकै परिवारका १० जनामा कोरोना संक्रमण

नारायाणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जना कोरोना संक्रमितमध्ये १० जना एकै परिवारका छन् ।

उनीहरु यसअघी नायारणी अस्पतालमा उपचारत कोरोना संक्रमितको परिवार र उनका सम्पर्कमा रहेका व्यक्तिहरु भएको डा सिंहले बताए ।

‘आज देखिएका १७ जना संक्रमित मध्ये १० जना एउटै परिवारका सदस्य छन्,’ डा सिंहले भने,‘यसअघि हाम्रो अस्पतालमा तीन दिन अघि आइसोलेनसमा भर्ना हुनुभएका संक्रमितको परिवार र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरु हुनुहुन्छ ।’

बुधबार संक्रमण पुष्टि भएका १७ जना वीरगन्ज महानगरपािलका–३ छपकैयाका हुन् । यसअघि ३ दिन अगाडि मात्रै छपकैयाकै एक जना युवामा कोरोना संक्रमण फेला परेको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएकोमा परीक्षणका क्रममा बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २ जना शिशु छन् । एउटा २ महिना र अर्को ६ महिनाका छन् । यस्तै, अन्यमा ३, ९, १२, १३ र १४ वर्षका बालक तथा १३–१३ वर्षकी २ जना बालिका छन् । संक्रमण पुष्टि भएका अन्यमा १७, ४०, ४५ र ६६ वर्षका पुरुष तथा २९, ३२, ३५ र ६२ वर्षका महिला छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ०९ बजे

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न

१८ सय बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम– सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको

आज २०८३ साल वैशाख २४ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २४ गते बिहीबार ।