देउवाले प्रधानमन्त्रीलाई भने- विदेशमा रहेका नेपालीलाई ल्याउँ « Khabarhub

देउवाले प्रधानमन्त्रीलाई भने- विदेशमा रहेका नेपालीलाई ल्याउँ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना परीक्षणलाई व्यापक रुप दिन र देशभर पिसिआर प्रविधिद्वारा द्रुत परीक्षण गर्न माग गरेका हुन् ।

सभापति देउवाले कुवेत सरकारको सेल्टरमा रहेका करिब ३ हजार तथा मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न माग गरेका छन् ।

देउवाले सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि धेरै नेपाली देश आउन नपाएको भन्दै उनीहरुलाई नेपाल आउने वातावरण बनाउन र भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन समेत माग गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : २५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले