तातोपानी नाकाबाट ‘शर्तसहित’ सबैखाले सामग्री आयात गर्न दिने सहमति « Khabarhub

तातोपानी नाकाबाट ‘शर्तसहित’ सबैखाले सामग्री आयात गर्न दिने सहमति


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्री निर्वाध आयात गर्न दिने सहमति भएको छ ।

आज तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाेलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो ।

चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्‍याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन् । “बिहीबार नेपाली सेनाको सुरक्षा सामग्री आउँदै छ”, प्रमुख भन्सार अधिकृत खत्रीले भने ।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : २८ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले