घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव « Khabarhub

घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ ।

यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।

सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्युएचओले सुझाएको छ ।

डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ५६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु