झापामा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

झापामा करेन्ट लागेर एक जनाको मृत्यु


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् ।

उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : ३५ बजे

पूर्वसभामुख ढुंगानको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

खाँदबारी– सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।  सिलिचोङ

इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

एजेन्सी– मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०-०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ