भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै « Khabarhub

भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दुई छिमेकी मुलुक भारत र चीनले सीमा विवाद समाधानको पहल थालेका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ।

दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ।

उनीहरूबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् ।

विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ५५ बजे

साफ महिला यु–२० को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप

भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

इस्तानबुल – टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि

समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

सप्तरी – राजविराज नगरपालिकाद्वारा समाचार संकलनमा लगाएको रोकप्रति नेपाल पत्रकार

तरकारी र फलफूलको मूल्य आज कति ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

जनवरीमा ६१० कामदारको गुनासो टुंगियो : श्रम मन्त्रालय

दोहा – जनवरीमा ६१० कामदारको गुनासो टुंगिएको छ। कतारको श्रम