संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी | Khabarhub Khabarhub

संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल सुरू भएको छ ।

आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।

छलफलमा सांसद दुर्गा पौडेल, डा मीनेन्द्रप्रसाद रिजाल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकका प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘प्रमाण ऐन’, २०३१ लाई संशोधन गर्न बनेको विधेयकबारे सदनमा जानकारी गराएका थिए । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त विधेयक प्रमाणीकरण भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ४२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।