संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी « Khabarhub

संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल सुरू भएको छ ।

आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।

छलफलमा सांसद दुर्गा पौडेल, डा मीनेन्द्रप्रसाद रिजाल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकका प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘प्रमाण ऐन’, २०३१ लाई संशोधन गर्न बनेको विधेयकबारे सदनमा जानकारी गराएका थिए । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त विधेयक प्रमाणीकरण भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ४२ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।