भारतबाट फर्केका युवकको अस्पतालमा मृत्यु « Khabarhub

भारतबाट फर्केका युवकको अस्पतालमा मृत्यु


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भारतबाट स्वदेश फर्किएका एक युवकको उपचारका क्रममा निधन भएको छ । चितवन माडीका उनको भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए।

उनले भने, ‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो। तर स्थिति थप नाजुक भएपछि उहाँको साढे १० बजे मृत्यु भयो ।’

ती युवक चितवन माडीका हुन्। उनी दश दिनअघि भारतबाट फर्केको खुलेको छ। उनी उपचारका लागि नयाँदिल्ली गएर फर्केका थिए।

परिवारले दिएको जानकारीअनुसार ती युवक मेरुदण्डको हड्डी भाँच्चिएपछि आठ महिनाअघि उपचार गर्न दिल्ली पुगेका थिए।

हालै भारतबाट फर्किएपछि उनलाई माडीकै क्वारेन्टिनमा राखिएको थियो। ज्वरो देखिएपछि उनलाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

मृतकको स्वाब परीक्षण गर्न पठाइएको छ। आझ साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना