कोरोनाविरुद्ध २० लाख भ्याक्सिन तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी « Khabarhub

कोरोनाविरुद्ध २० लाख भ्याक्सिन तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि नै तयार भइसकेको दाबी गरेका हुन् ।

‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

राष्ट्रपति ट्रम्पले भ्याक्सिन तयार भइसकेको दाबी गरे पनि यसको प्रयोग सुरक्षित छ छैन भन्नेबारेमा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको बताए । ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो भन्ने कुराचाहिँ खुलाएनन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् ।

साथै थेराप्युटिक पद्धतिमा पनि अमेरिकी वैज्ञानिकहरुले सफलता हात पारेको उनले दाबी गरेका छन् । ट्रम्पले खोपको प्रयोग कहिलेबाट सुरु हुन्छ भन्नेचाहिँ केही खुलाएका छैनन् ।

राष्ट्रपति ट्रम्पको भनाइपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले यसबारेमा आफूले टिप्पणी गर्न नसक्ने बताए । उनले राष्ट्रपति ट्रम्पको भनाइबारे आफू अनभिज्ञ रहेको बताए । तर गत मंगलबार आयोजित एक मेडिकल सेमिनारमा भने डाक्टर फौचीले अर्को वर्षसम्म कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताएका थिए । उनले कोरोनाविरुद्धको खोप निर्माणमा सबैभन्दा अगाडि अमेरिकी कम्पनी ‘मोडर्ना’ अगाडि रहेको बताएका थिए ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ९७ हजार ८ सय ३८ पुगेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा एक लाख ९ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ४ लाख ९१ हजार ७ सय ६ जना निको भएका छन् ।

शनिबार बिहानसम्म विश्वभरबाट कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ लाख ३४ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै ३ लाख ९४ हजार ८ सय ८७ को मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २७ लाख ४६ हजार निको भएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ५६ बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे