शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त « Khabarhub

शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ बाट ७९, प्रदेश २ बाट १३३, बागतीबाट ३२, गण्डकीबाट ३, प्रदेश ५ बाट ९६, कर्णालीबाट ९ र सुदूरपश्चिमबाट १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ र आरडीटीबाट १ लाख ३७ हजार ४३५ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ४ हजार १११ र आरडीटीबाट ५ हजार ५७० नमुना परीक्षण भएका छन्।

र, पछिल्लो २४ घण्टामा ३२३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या तीन हजार २३५ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

यसैगरी, देशभर क्वारेन्टाइनमा बस्ने मानिसको संख्या एक लाख ६८ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशैभरका क्वारेन्टाइनमा दिनप्रतिदिन मानिस थपिने क्रम बढिरहेको छ।

सबैभन्दा धेरै सुदूरपश्चिममा छन्। आजसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा ६० हजार २४३ जना क्वारेन्टाइनमा छन्। प्रदेश ५ मा ४१ हजार २१७ र कर्णाली प्रदेशमा ३२ हजार २६५ जना रहेका छन्।

त्यस्तै, प्रदेश २ मा २१ हजार ९२, गण्डकी प्रदेशमा ५ हजार ३९८, प्रदेश १ मा ४ हजार ३०३ र बागतीमा ३ हजार ५१३ जना रहेका छन्।

आइसोलेसनमा रहेका संक्रमित २ हजार ८५७ जना रहेका छन्। जस अन्तर्गत प्रदेश १ मा १७०, प्रदेश २ मा ९४३, बागमतीमा ५५, गण्डकीमा ७०, प्रदेश ५ मा ९६१, कर्णालीमा ५६७ र सुदूरपश्चिममा ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ५ : ५३ बजे

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु

बेरुत – इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं– सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा

गण्डकी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल