शनिबार काठमाडौंका थप ४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

शनिबार काठमाडौंका थप ४ जनामा कोरोना संक्रमण पुष्टि


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार काठमाडौंमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा थप ४ जनासहित पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

शुक्रबार ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचाररत अवस्थामा दुई संक्रमित भेटिएकोमा शनिबार एकै पटक ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएहो हो ।

शनिबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये दुई महिला र दुई पुरुष छन् ।

महिलाहरुको उमेर २१ र ३५ छ भने पुरुषहरु २६ र ४६ बर्षका छन् । संक्रमितहरु काठमाडौंका कुन ठाउँका निवासी हुन भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : ३१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज