क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह | Khabarhub Khabarhub

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरेका हुन ।

झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेका विज्ञप्तिमा जनाइएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १३ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टिनभित्रै भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिनसमेत आग्रह गरेको छ । यस्तै पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउनसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ पत्रकार गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकारलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेका जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : ५४ बजे

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट–  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र

सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री