विदेशबाट घर आउन चाहने सबैलाई ल्याउन कांग्रेसको आग्रह « Khabarhub

विदेशबाट घर आउन चाहने सबैलाई ल्याउन कांग्रेसको आग्रह


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारीकाे अवस्थामा विदेशमा रहेका र फर्कन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन आग्रह गरेको छ ।

सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई फिर्ता गर्ने तयारी गरिरहेकोमा कांग्रेसले संख्या तोकेर नभइ आउन चाहने सबैलाई ल्याउन आग्रह गरेको हो ।

आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन समेत कांग्रेसले आग्रह गरेको हो ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार रहेकाेले तत्कालीन र दीर्घकालीन योजना बनाएर उनीहरुलाई घर फर्काउनुपर्ने जनाएका छन् ।

रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैले खर्च गरेर वा सम्बन्धित देशका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ३८ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।