विदेशबाट घर आउन चाहने सबैलाई ल्याउन कांग्रेसको आग्रह « Khabarhub

विदेशबाट घर आउन चाहने सबैलाई ल्याउन कांग्रेसको आग्रह


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारीकाे अवस्थामा विदेशमा रहेका र फर्कन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन आग्रह गरेको छ ।

सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई फिर्ता गर्ने तयारी गरिरहेकोमा कांग्रेसले संख्या तोकेर नभइ आउन चाहने सबैलाई ल्याउन आग्रह गरेको हो ।

आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन समेत कांग्रेसले आग्रह गरेको हो ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार रहेकाेले तत्कालीन र दीर्घकालीन योजना बनाएर उनीहरुलाई घर फर्काउनुपर्ने जनाएका छन् ।

रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैले खर्च गरेर वा सम्बन्धित देशका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ३८ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी