बाँकेका कोरोना संक्रमित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी निको भए « Khabarhub

बाँकेका कोरोना संक्रमित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी निको भए


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना महामारी रोकथामको अग्रभागमा रहेर काम गर्दा सङ्क्रमित भएका बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि खजुरास्थित कोरोना विशेष आइलोलेशन अस्पतालमा बसेका उनीहरुको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र सञ्चारकर्मी दम्पती हुन् भने सुरक्षाकर्मी नरैनापुरस्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत छन् ।

कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाइ गरिएको थियो । बाँकेमा अहिलेसम्म ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा आज १२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको हो ।

आज गरिएको परीक्षणमा बाँकेका तीन स्थानीय तहका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका– १ का ४१ वर्षीया महिला, बैजनाथ गाउँपालिका– ६ का ३८ र ३२ वर्षीय पुरुष तथा वैजनाथ गाउँपालिका– २ का ३७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ४ का एक महिलासहित तीनदेखि ३८ वर्ष उमेर समूहका सात जना र वडा नं ५ का २२ वर्षीय पुरुष रहेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणका क्रममा नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, वैजनाथ हुँदै जानकी गाउँपालिकासम्म पुगेको छ । जानकी गाउँपालिकामा ४०, नेपालगञ्ज उपमहानगरपालिकामा ३४, राप्तीसोनारी गाउँपालिकामा २६, डुडुवा गाउँपालिकामा २५, खजुरा गाउँपालिकामा १३ जना र वैजनाथ गाउँपालिकामा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : २४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण