शिवसेना नेपालद्वारा इटहरीमा राँके जुलुस प्रदर्शन | Khabarhub Khabarhub

शिवसेना नेपालद्वारा इटहरीमा राँके जुलुस प्रदर्शन


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालका कार्यकर्ताहरुले इटहरीमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । राजसंस्था पुनस्थापनाको माग सहित गणतन्त्र विरोधी नारालगाउँदै उनीहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

जुलुसमा सहभागीहरुले राष्ट्रियताको नारा लगाउँदै देश बचाऔं, सीमाको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।

शिव सेना नेपालका कार्यकर्तारुले नवलपरासी, रुपन्देही र पाल्पामा पनि केही दिन अघि मशाल जुलुस प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ४७ बजे

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये