स्पेनमा फेरि कोरोना महामारी फैलन संकेतपछि ठाउँठाउँमा लकडाउन « Khabarhub

स्पेनमा फेरि कोरोना महामारी फैलन संकेतपछि ठाउँठाउँमा लकडाउन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा फेरि कोरोना भाइरसको महामारी देखिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन सुरू गरिएको छ ।

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा पुगिसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियाका विभिन्न ठाउँमा पुनः लकडाउन गरिएको छ ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

गालिसिया क्षेत्रमा फेरि २५८ जना कोरोना भाइरसका संक्रमित देखिएपछि महामारी फैलन नदिन सरकारी अधिकारी फेरि लकडाउनको निर्णयमा पुगेको बीबीसीले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा सोमबारसम्म २ लाख ९७ हजार ६२५ जना संक्रमित भएकामा ६१७ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २८ हजार ३८५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन