ओली – प्रचण्ड वार्ता बालुवाटारमा जारी « Khabarhub

ओली – प्रचण्ड वार्ता बालुवाटारमा जारी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरू भएको छ ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका अध्यक्षद्वयबीच साढे ९ बजेतिरबाट वार्तामा जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि पुनः वार्ता सुरू भएको हो ।

प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टी दुबै असफल एवं अलोकप्रिय भएको निचोडसहित अधिकांश स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पद छोड्न दबाब दिएपछि नेकपा फुटनजिक पुगेपछि श्रृंखलाबद्ध वार्ता जारी छ ।

तर, आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने तर सरकार नछाड्ने र पार्टीको सेरमोनियल अध्यक्षको भूमिकामा रहने बताएपछि नेताहरूले त्यसमा सहमतिको विन्दु पहिल्याउन गृहकार्य सुरू गरेका छन् ।

त्यसैको तयारीस्वरूप ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागीको अनौपचारिक कार्यदल समेत बनाइएको छ । उक्त कार्यदललाई सहमतिको खाका बनाउने म्यान्डेट दिइएको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ३३ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क