तामाको भाडा र औठी प्रयोग गर्नुका १० फाइदा « Khabarhub

तामाको भाडा र औठी प्रयोग गर्नुका १० फाइदा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तीन धातु अर्थात सुन, चाँदी र तामालाई पवित्र मानिएको छ ।

पूजापाठसहित धार्मिक काममा पनि यी धातुको प्रयोग गर्नु भनिएको छ । हिन्दु धर्म र ज्योतिषशास्त्र भित्र नौवटा ग्रह रहेको उल्लेख छ ।

ज्योतिष शास्त्रमा हरेक ग्रहको दोष निवारणका लागी फरक फरक धातुको ग्रहण गर्नुपर्दछ ।

ग्रहका राजा सुर्य हुन् भने सुर्यको धातु तामा हो । तसर्थ मानिसहरु तामाको औंठी लगाउने गर्दछन् । तामाको औठी लगाउँदा यी फाइदा मिल्दछ :

१. तामाको औठी धारण गर्दा सूर्यका साथै मंगलको अशुभ असर पनि कम ह्न्छु ।

२. यसले सूर्यको बल बढाउँछ साथै परीवारलाई सूर्यको कृपा प्राप्त भई मानसम्मान पाइन्छ ।

३. कुण्डलीको सूर्य दोष हटाउन सुर्यको औंला अर्थात् अनामिकामा यो औंठी लगाउनुपर्दछ ।

४. तामाको औंठी धारण गर्दा यसको औषधीय गुण शरीरले प्राप्त गर्दछ ।

५. तामाको औठीं लगाउँदा यसले रगत सफा गर्नमा समेत मद्दत पुर्याउँछ ।

६. तामाको भाडाँमा राखिएको पानी पिउनु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

७. यसको धारणको प्रभाव पेटसम्म पुग्दछ र पेटको रोग लाग्ने संभावना कम हुन्छ ।

८. तामा औंलामा लगाउँदा यसले छाला चम्किलो हुन्छ ।

९. आयुर्वेद अनुसार तामाको भाँडोको प्रयोगले रोगप्रतिरोधक क्षमता बढाउँछ ।

१०. अन्य धातुको भाडाँमा भन्दा तामाको भाडाँमा बाहिरी किटाणुको प्रभाव कम हुन्छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ११ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको