ओली–प्रचण्ड वार्ता सकियो, आज पनि सहमति जुटेन « Khabarhub

ओली–प्रचण्ड वार्ता सकियो, आज पनि सहमति जुटेन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो ।

उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रित रहेको बताइए पनि के सहमति भयो भन्ने खुलेको छैन । आजको वार्ता निर्णायक बनाउने अध्यक्षद्वयले यसअघि बताए पनि कुनै सहमति जुटेको छैन । तर नेताहरुले वार्ता सकारात्मक भएको बताएका छन् ।

ओली निकट निकटका एक नेताले भने, ‘छलफल झण्डै डेढ घण्टा चलेको थियो । ठोस कुनै सहमति भएको छैन। तर वार्ता सकारात्मक रुपमा अघि बढेको छ । कुनै सहमति नजुटे पनि एक अर्काको प्रस्ताव र संवाद अघि बढाउने सहमति भएको छ । फेरि वान टु वान वार्ता हुनेछ ।’

नेकपाका अध्यक्ष प्रचण्डको निकटका अर्का नेताले भने, ‘दुई अध्यक्षका बीचमा गम्भीर ढंगले छलफल गर्ने सहमति भएको छ । अब छलफलको वातावरण बन्दै गएको छ। वार्तामा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइ दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको बताउनुभएको थियो ।’

प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी दुई जनामात्रै बस्न जरूरी छ। अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले भन्नुभएको छ। प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भए पनि छलफल, छलफलजस्तो भएको छ।’

यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबार एक्ला एक्लै छलफल चलेको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ ।

समस्या समाधानका लागि दुई अध्यक्षबीच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन । सोमबारको छलफलमा कस्तो प्रगति भयो भन्ने खुलेको छैन ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमति भएको छैन । तर, पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ३३ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न