काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न « Khabarhub

काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

बैठकको अन्त्यमा सभा सकिएको जानकारी गराउँदै सभाका अध्यक्ष एवं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने- ‘सदस्यहरुले दिनुभएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।’

बैठकको कार्यसूचीमा विविधसहित ६ वटा विषय समावेश थिए । पहिलो सूचीमा आर्थिक वर्ष २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने थियो भने दोश्रोमा बिनियोजन बिधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो ।

यी कार्यसूचीमा नगर सभाका २० जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

यसरी राखिएका धारणाहरुमा- वडास्तरीय योजनासहित काठमाडौंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक र आर्थिक बिकास, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषयमा केन्द्रित थिए ।

यसै गरी योजनाका पुग्ने रकम छुट्याउनु पर्‍यो, सम्पदाका नाम सच्याउनु पर्‍यो, सामुदायिक बिद्यालयमा दरबन्दी मिलान गर्नुपर्‍यो, पार्क निर्माणमा रकम थप गरिदिनुपर्‍यो, योजना दोहोरिए हटाउनु पर्‍यो, वडा समितिबाट पठाएका योजना समेटिएनन्, थप गर्नुपर्‍यो जस्ता धारणा राखिएका थिए ।

केन्द्रीय योजना र वडास्तरीय योजनाको एकीकृत प्रारुप वडालाई थाहा हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, बिद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए ।

कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचयुक्तताको बिषयमा पनि धारणा राखिएका थिए ।

सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्- सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्छ ।

असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । त्यस दिन मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै दिनको दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो ।

असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर बिद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपमेयर खड्गी श्रेष्ठले बजेट र बिनियोजन बिधेयक समेत पेश गरेका थिए ।

असार १८ गते तेश्रो बैठकले आर्थिक बिधेयकमाथि छलफल गरी पारित गरेको थियो । त्यस्तै असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयकमाथि छलफल गरेको थियो ।

बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र शुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो । छैटौं सूचीमा बिबिध थियो ।

यसै सूचीअनुसार सभामा लेखा समितिका संयोजक धु्रबप्रसाद त्रिपाठीले, न्यायिक समितिका तर्फबाट सदस्य सरोज ढकालले र शुशासन समितिकातर्फबाट संयोजक हुमादेवी आचार्यले प्रतिवेदन पेश गरेका थिए। समितिबाट पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा