काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न « Khabarhub

काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

बैठकको अन्त्यमा सभा सकिएको जानकारी गराउँदै सभाका अध्यक्ष एवं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने- ‘सदस्यहरुले दिनुभएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।’

बैठकको कार्यसूचीमा विविधसहित ६ वटा विषय समावेश थिए । पहिलो सूचीमा आर्थिक वर्ष २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने थियो भने दोश्रोमा बिनियोजन बिधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो ।

यी कार्यसूचीमा नगर सभाका २० जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

यसरी राखिएका धारणाहरुमा- वडास्तरीय योजनासहित काठमाडौंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक र आर्थिक बिकास, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषयमा केन्द्रित थिए ।

यसै गरी योजनाका पुग्ने रकम छुट्याउनु पर्‍यो, सम्पदाका नाम सच्याउनु पर्‍यो, सामुदायिक बिद्यालयमा दरबन्दी मिलान गर्नुपर्‍यो, पार्क निर्माणमा रकम थप गरिदिनुपर्‍यो, योजना दोहोरिए हटाउनु पर्‍यो, वडा समितिबाट पठाएका योजना समेटिएनन्, थप गर्नुपर्‍यो जस्ता धारणा राखिएका थिए ।

केन्द्रीय योजना र वडास्तरीय योजनाको एकीकृत प्रारुप वडालाई थाहा हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, बिद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए ।

कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचयुक्तताको बिषयमा पनि धारणा राखिएका थिए ।

सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्- सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्छ ।

असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । त्यस दिन मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै दिनको दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो ।

असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर बिद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपमेयर खड्गी श्रेष्ठले बजेट र बिनियोजन बिधेयक समेत पेश गरेका थिए ।

असार १८ गते तेश्रो बैठकले आर्थिक बिधेयकमाथि छलफल गरी पारित गरेको थियो । त्यस्तै असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयकमाथि छलफल गरेको थियो ।

बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र शुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो । छैटौं सूचीमा बिबिध थियो ।

यसै सूचीअनुसार सभामा लेखा समितिका संयोजक धु्रबप्रसाद त्रिपाठीले, न्यायिक समितिका तर्फबाट सदस्य सरोज ढकालले र शुशासन समितिकातर्फबाट संयोजक हुमादेवी आचार्यले प्रतिवेदन पेश गरेका थिए। समितिबाट पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ३० बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम