पर्यटन मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच भेट « Khabarhub

पर्यटन मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच भेट


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर वडबीच सोमवार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रुप लिईरहेको कोभिड –१० ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरुको अनुभव आदान –प्रदान पनि भएको थियो ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै, राजदूत वडले ब्यवसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउँदै अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रसंसा गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : १८ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ