पर्यटन मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच भेट « Khabarhub

पर्यटन मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच भेट


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर वडबीच सोमवार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रुप लिईरहेको कोभिड –१० ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरुको अनुभव आदान –प्रदान पनि भएको थियो ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै, राजदूत वडले ब्यवसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउँदै अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रसंसा गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : १८ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको