यस्तो छ वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य « Khabarhub

यस्तो छ वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानव शरीरको हाडमा जवानीको रहस्य लुकेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने पत्ता लागेको हो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए ।

हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए ।

यही हर्मोनका कारण हाम्रो हाइट पनि बढ्ने गरेको छ ।

जेरार्डले मुसाहरूको जिन निकालेर अध्ययन गर्दा यस हर्मोनले शरीरका प्रतिक्रियाहरूलाई प्रभावित गर्छ ।

हाडको संरचनाले शरीरलाई उभ्याउने मात्र नभई शरीरका अनेकौं क्रियालाई प्रभावित पार्ने उनले बताए ।

हाडभित्र रहेका टिस्यु शरीरका अन्य टिस्युसँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अंगसम्म संकेत पुर्‍याउने काम गर्छन् ।

त्यसबाट बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन सहायता प्राप्त हुन्छ । प्राध्यापक कारसेन्टीका अनुसार, बुढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प छैन । नियमित कसरत गर्दा हाडहरू आफैंले ओस्टियोकाल्सिन बनाउन थाल्छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल