नेपाल वायु सेवा निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

नेपाल वायु सेवा निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमका तीन पाइलटसहित ७ जनालाई कोरोनाभाइरस संक्रमण(कोभिड–१९) पुष्टि भएको छ ।

निगमले विभिन्न देशमा गर्न थालेको उद्धार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई कोरोना भएको निगमले जानकारी दिएको छ।

निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार सुरू भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको उल्लेख छ।

विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ७ जना क्याविन क्रुलाई संक्रमण पुष्टि भएपछि निगमले थप कर्मचारीमाथि पनि निगरानी बढाउन लगाएको उल्लेख छ।

निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको थियो । उडानमा गएका कर्मचारीलाई क्वारेन्टिनमा राख्दै नयाँ टोली परिचालन गर्ने गरेको निगमले जानकारी दिएको छ।

निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ । यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ०४ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला