भारतको सहयोगमा निर्मित सप्तमाई गुरुकुलको भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित सप्तमाई गुरुकुलको भवन उद्घाटन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको बरबोटेमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङमय अध्ययन तथा अनुसन्धान केन्द्रको भवन आज उद्घाटन गरिएको छ ।

भारत सरकारको सहयोगमा निर्मित २४ कोठे भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक छविलाल रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार भारत सरकारको करिब ४ करोड रुपैयाँको लागतमा निर्मित भवन भिडियो कन्फरेन्सबाट उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित विद्यार्थीको सहभागिता थियो ।

भारतीय दूतावासका पदाधिकारी भने भिडियो कन्फरेन्सबाट उद्घाटन समारोहमा सहभागी भएका थिए ।

नेपाल भारत मैत्री भवन नाम राखिएको २४ कोठे भवन छात्रावास तथा पठनपाठनका लागि प्रयोग हुने प्रअ रेग्मीले बताए ।

भिडियो कन्फरेन्सबाट भवन उद्घाटन समारोहमा सहभागी भएका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यो विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई दक्ष तथा आधुनिक रुपमा संस्कृत भाषामा अध्यापन गराइँदैछ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै