तीनकुने र नख्खु क्षेत्रमा संकलित ‘स्वाब’मा देखिएन कोरोना संक्रमण « Khabarhub

तीनकुने र नख्खु क्षेत्रमा संकलित ‘स्वाब’मा देखिएन कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनकुने र नख्खु क्षेत्रका २२८ जनाको स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको छ।

मन्त्रालयले काठमाडौंको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर परीक्षण गरिएकोमा ती दुई क्षेत्रका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत काठमाडौंका विभिन्न १० ठाउँमध्ये २ ठाउँका स्थानीयको कोरोना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार तिनकुने र नख्खु टोलका २२८ जनाको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

‘काठमाडौं उपत्यकाको समुदायमा कोभिड १९ को संक्रमण फैलिएको छ कि छैन भनी विभिन्न ठाउँबाट स्वाब लिई परीक्षण गर्ने क्रममा १० ठाउँमध्ये तीनकुने र नख्खु टोलमा २२८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएको छ,’ डा गौतमले भने, ‘अन्यको परीक्षणको रिपोर्ट आउने क्रम जारी छ ।’

काठमाडौंका विभिन्न क्षेत्रमा स्रोत नखुलेका संक्रमित भेटिन थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौंमा समुदायमा संक्रमण छ वा छैन भनेर स्थानीयहरुको कोरोना परीक्षण गर्न शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : १७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको