यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ का २ जिल्ला, प्रदेश ५ का एक जिल्ला र सुदुरपश्चिम प्रदेशको ३ जिल्ला गरी ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना उपचारत रहेको जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी उपचारत संक्रमित हुने जिल्ला यी हुन्

प्रदेश २ : महोत्तरी, रौतहट,
प्रदेश ५ : पाल्पा
सुदुरपश्चिम प्रदेश : अछाम, कैलाली र बाजुरा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् । यस्तै सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् ।

नेपालमा १५ हजार ९६४ जना कोरोना संक्रमित भएकोमा हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएका छन् । यस्तै ९ हजार ११८ जना आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ : ७१० जना (४६९जना डिस्चार्ज)
प्रदेश २ : ४ हजार १८४ जना (२ हजार ७२ जना डिस्चार्ज)
बागमती प्रदेश : ६३९ जना (२३४ जना डिस्चार्ज )
गण्डकी प्रदेश : १ हजार १७५ जना (२९५ जना डिस्चार्ज )
प्रदेश ५ : ३ हजार ९८४ जना (१ हजार ८५७ जना डिस्चार्ज )
कर्णाली प्रदेश : १ हजार ५८१ जना (१ हजार २२२ जना डिस्चार्ज )
सुदुरपश्चिम प्रदेश : ३ हजार ६९१ जना (६६२ जना डिस्चार्ज )

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ५१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन