बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ « Khabarhub

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो ।

वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : १६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन