भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५४ जनामध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी भएको खुलेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजालेले अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

तजालेका अनुसार ४ जना मध्ये ३ जना अस्पतालको प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियन र एकजना ओपीडी सहयोगी हुन् । उनीहरुमध्ये २ जना पुरुष र २ जना महिला छन् । उनीहरु मध्ये एकजना धनकुटा स्थायी ठेगाना भएकी तर भक्तपुरमा डेरामा बस्दै आएकी महिला हुन् भने अन्य ३ जना भक्तपुर कै स्थानीय हुन् ।

अस्पतालका प्रशासन प्रमुख तजालेका अनुसार ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा बिरामीको रगत परीक्षणको क्रममा कोरोना सरेको हुनसक्ने बताए ।

“हाम्रो अस्पताल दुई साता अगाडि आएका व्यक्तिमा कोरोना पुष्टि भएको थियो, आज ४ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो,” उनले खबरहबसँग भने, “बिरामीहरु मास्कसमेत नलाइ उपचार गर्न आउँछन् त्यसैले पनि हामीलाई जोखिम बढी छ । बिरामीबाटै सरेको हो भन्ने लाग्छ ।”

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : १० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको