सीपील क्रिकेट : सन्दीपले जमैका तल्लावाजबाट खेल्ने « Khabarhub

सीपील क्रिकेट : सन्दीपले जमैका तल्लावाजबाट खेल्ने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमिर लिग (सीपीएल) टोली जमैका तल्लावाजले आफ्नो टीममा आवद्ध गरेको छ ।

सोमबार सार्वजनिक भएको ड्राफ्टको पहिलो राउण्डमै तल्लावाजले लामिछानेलाई टीममा आवद्ध गरेको हो ।

तेस्रो पटक सीपीएल खेल्न लागेका लेग स्पिनर लामिछानेका लागि तल्लावाजले झण्डै करोड हाराहारीमा खर्च गरेको छ ।

यो सिजनको सीपीएलका लागि लामिछानेको ड्राफ्ट मूल्य ९० हजार अमेरिकी डलर रहेको थियो ।

सन्दीपको टीममा वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल, कार्लोस बार्थबेट, रोबम्यान पावेल, तावरेइज शाम्सी, ग्लेन फिलिप्स लगायतका स्टार खेलाडी रहेका छन् ।

सन्दीपले यसअघि दुई सिजन सीपीएल खेलिसकेका छन् । उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस तथा गत सिजन बार्बाडोस ट्रिडेन्टबाट खेलेका थिए ।

सीपीएल २०२० को ड्राफ्टका लागि विश्वभरका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जहाँ सन्दीपको ड्राफ्ट मूल्य चौथो महंगोको लिस्टमा छन् ।

सन्दीपसमान ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डु प्लेसिस, दक्षिण अफ्रिकाकै डेभिड मिलर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डि’आर्चे सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ०७ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार