पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीश पराजुलीको राय बदर « Khabarhub

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीश पराजुलीको राय बदर


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाइजोसँग सम्बन्धित ज्यान मुद्दाका दुई आरोपितहरुले सफाइ पाउनुपर्ने भन्‍ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।

संयुक्त इजलासमा बाझिएपछि पूर्ण इजलासमा पेश भएको उक्त मुद्दामा सर्वोच्च अदालतले कसुर स्थापित हुने भन्दै हत्यामा संलग्‍न रहेको ठहरसहित मृतकको पति र उनका दाईलाई जन्मकैदको फैसला गरेको हो ।

दाइजोको विवाद नमिल्दा पति र पतिका दाई मिलेर गरेको हत्यालाई तत्कालीन प्रधानन्यायाधीश पराजुलीले कसुर स्थापित नहुने भनी सफाइ पाउने राय दिएका थिए ।

उनको रायसँग न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय बाझिएपछि पूर्ण इजलासमा पेश भएको थियो । जिल्ला अदालतले सफाइ दिएको मुद्दामा पछि पुनरावेदन अदालतले दुईजनालाई कसुरदार ठहर गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १५ बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि