पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीश पराजुलीको राय बदर « Khabarhub

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीश पराजुलीको राय बदर


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाइजोसँग सम्बन्धित ज्यान मुद्दाका दुई आरोपितहरुले सफाइ पाउनुपर्ने भन्‍ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।

संयुक्त इजलासमा बाझिएपछि पूर्ण इजलासमा पेश भएको उक्त मुद्दामा सर्वोच्च अदालतले कसुर स्थापित हुने भन्दै हत्यामा संलग्‍न रहेको ठहरसहित मृतकको पति र उनका दाईलाई जन्मकैदको फैसला गरेको हो ।

दाइजोको विवाद नमिल्दा पति र पतिका दाई मिलेर गरेको हत्यालाई तत्कालीन प्रधानन्यायाधीश पराजुलीले कसुर स्थापित नहुने भनी सफाइ पाउने राय दिएका थिए ।

उनको रायसँग न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय बाझिएपछि पूर्ण इजलासमा पेश भएको थियो । जिल्ला अदालतले सफाइ दिएको मुद्दामा पछि पुनरावेदन अदालतले दुईजनालाई कसुरदार ठहर गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १५ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर