जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित) « Khabarhub

जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सवारी साधनको चाप बढेसँगै कोरोना संक्रमणको जोखिम थपिएको भन्दै सवारी पास वितरण प्रणालीमा नयाँ नियम लागू गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक यातायात बाहेक अन्य अत्यावश्यक र निजी सवारीको हकमा जोर विजोर प्रणाली लागू गरेको थियो । त्यसपश्चात काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ ।

त्यसबाट थप जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक काम जस्तै मृत्यु संस्कार, विवाह, अस्पतालबाट डिस्चार्ज भएका तथा सरकारी संघसस्था तथा परियोजनाको कर्मचारीको हकमा बाहेक औचित्य विचार गरेर मात्रै पास जारी गरिने जनाएको छ ।

त्यस्तै अत्यावश्यक कामका लागि उपत्यका भित्रिएका सवारीको हकमा काम सकाएर फर्किदा अन्य व्यक्तिलाई लिएर जान नपाइने गरी पास जारी गर्ने गरी नयाँ नियम लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ३९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर