स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु | Khabarhub Khabarhub

स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा आज १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन् ।

आज प्रस्तुत गरिएका कार्यपत्रमध्ये अधिकांश कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित रहेको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९)का कारणले सम्मेलन भर्चुअल (जुम) बाट गरिएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गरेका थिए।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले स्वास्थ्य तथा जनसङ्ख्याको क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताए ।

सम्मेलनमा करिब ५०० वैज्ञानिक सहभागी भएका थिए । सम्मेलनमा स्वास्थ्य समता र विकास, कोभिड–१९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचनालगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

भर्चुअल (जुम)बाट गरिएको सम्मेलनमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम र जर्मनका स्वास्थ्य तथा जनसङ्ख्या विज्ञको समेत सहभागी भएका छन् । उनीहरुले आफ्नो देशमा गरिएको कोभिड–१९ का सन्र्दभमा गरिएको अध्ययन अनुसन्धानबारे अनुभव आदान प्रदान गरेका थिए ।

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई उत्कृष्ट एक जनालाई अवार्डसमेत प्रदान गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ०७ बजे

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा