सप्तरीमा मृत्यु भएका ३ जनामध्ये एकमा मात्रै कोरोना पुष्टि « Khabarhub

सप्तरीमा मृत्यु भएका ३ जनामध्ये एकमा मात्रै कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सप्तरीमा मंगलबार र बुधबार मृत्यु भएका तीन जना पुरूषमध्ये एक जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार कोरोना पुष्टि हुनेमा रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुष छन् ।

उनलाई अचानक उच्च ज्वरो तथा श्वासप्रश्वासमा  समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो । कोरोनाका लक्षणसँग मिल्दो समस्या देखिएपछि गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको यादवले जानकारी दिए ।

छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोरोना नभएको उनले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएका  डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय बृद्ध र राजगढ गाउँपालिकाका ८० वर्षीय वृद्धको मंगल राति मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : २७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा