के हो मिनरल्स ? किन शरीरलाई आवश्यक छ ? « Khabarhub

के हो मिनरल्स ? किन शरीरलाई आवश्यक छ ?


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई चाहिने पोषण मध्ये एक हो, मिनरल्स । यो प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेट जतिकै शरीरलाई अति आवश्यक हुन्छ ।

मिनरल्सले हाड बलियो बनाउनुका साथै मासंपेशीलाई दुरुस्त राख्न सघाउ पुर्याउँछ । मिनरल्सको अभावमा हर्मोनले समेत प्रभावकारी ढङ्गले काम गर्न सक्दैन ।

मिनरल्सको कारणमा शरीरमा तरल पदार्थ सञ्चालित हुन्छ । साथै हृदयको गति, उच्च रक्तचाप, नाडीको गतिलाई समेत यसले नियमित राख्दछ ।

मिनरल्सको अभावमा माइग्रेन, डिप्रेशन तथा मांसपेशी बाउडिने लगायतका समस्याहरु देखा पर्दछ । हाड, दाँतका लागी समेत मिनरल्स अति आवश्यक हुन्छ । अन्यथा जोर्नी अररो हुने, थकान लाग्ने, हड्डीमा पीडा हुने लगायतको समस्या देखा पर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मिनरल्स आवश्यक हुन्छ । साथै कपाल, छाला तथा नङ्गलाई पोषण प्रदान गर्न समेत मिनरल्स आवश्यक पर्दछ । यसले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ । पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ ।

मिनरल्स हामी खानाको माध्यमबाट प्राप्त गर्न सक्दछौ । नरिवल पानी, केरा, दूध, माछा तथा दाललाई मिनरल्सको स्रोत मानिन्छ । यस अलावा हरियो साजसब्जी, बदाम, होल ग्रेनमा पनि मिनरल्स पाउन सकिन्छ ।

दाल, ड्राई फुड्स, दूध, चीज, अंकुरित गेडागसडीबाट पनि मिनरल्स पाउन सकिन्छ । यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई कैयौँ लाभ पुग्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ४९ बजे

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई