अनलाइन कक्षा लिन मोबाइल नेटवर्क खोज्दै दैनिक २ किलोमिटर हिँड्नुपर्ने ! « Khabarhub

अनलाइन कक्षा लिन मोबाइल नेटवर्क खोज्दै दैनिक २ किलोमिटर हिँड्नुपर्ने !


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरससंग पुरा विश्व जुधिरहेको बेला विभिन्न शैक्षिक संस्थाहरुले अनलाइन कक्षा मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । यस्तैमा अनलाइन कक्षामा अध्ययन गर्दै आएको एक विद्यार्थीको तस्बिर भाइरल बनको छ ।

भारतमा आफ्नो शैक्षिक संस्थाले जारी गरेको अनलाइन कक्षा लिन एक विद्यार्थी दैनिक पहाड चढेर अध्ययन गरिरहेका छन् । भारतको राजस्थानका निवासी हरिश नामक विद्यार्थीले गाउँमा मोवाइल नेटवर्क नभएका कारण पहाडमा चढेर अनलाइन कक्षा लिदै आएका हुन् ।

हरिश अनलाइन कक्षामा सहभागिता जनाउन दैनिक २ किलोमिटरको उचाई चढेर अनलाइन कक्षा लिदै आएका छन् । जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको उनको गाँउमा मोवाइलको नेटवर्क हुदैन ।

त्यसैले हरिश दैनिक २ किलोमिटर उकालो चढेर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ४०/४५ डिग्रीको प्रचण्ड गर्मीमा अनलाइन कक्षा लिदै आएका छन् ।

यति धेरै संर्घषका बावजुद पनि हरिशको मनोबल कम भएको छैन । उनी दैनिक सबेरै उठेर पहाडको उकालो चढ्दछन र नेटवर्क आउने स्थानमा पुगेर अनलाइन कक्षामा भाग लिन्छन् ।

हालैमा उनको लगन र मेहनतलाई स्रहाना गर्दै चर्चित क्रिकेटर वीरेन्द्र सहवागले सहयोग गरेका छन् । हरिश स्थानीय बाडमेरको पचपदरामा स्थित जवाहर नवोदय विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा