अनलाइन कक्षा लिन मोबाइल नेटवर्क खोज्दै दैनिक २ किलोमिटर हिँड्नुपर्ने ! « Khabarhub

अनलाइन कक्षा लिन मोबाइल नेटवर्क खोज्दै दैनिक २ किलोमिटर हिँड्नुपर्ने !


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरससंग पुरा विश्व जुधिरहेको बेला विभिन्न शैक्षिक संस्थाहरुले अनलाइन कक्षा मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । यस्तैमा अनलाइन कक्षामा अध्ययन गर्दै आएको एक विद्यार्थीको तस्बिर भाइरल बनको छ ।

भारतमा आफ्नो शैक्षिक संस्थाले जारी गरेको अनलाइन कक्षा लिन एक विद्यार्थी दैनिक पहाड चढेर अध्ययन गरिरहेका छन् । भारतको राजस्थानका निवासी हरिश नामक विद्यार्थीले गाउँमा मोवाइल नेटवर्क नभएका कारण पहाडमा चढेर अनलाइन कक्षा लिदै आएका हुन् ।

हरिश अनलाइन कक्षामा सहभागिता जनाउन दैनिक २ किलोमिटरको उचाई चढेर अनलाइन कक्षा लिदै आएका छन् । जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको उनको गाँउमा मोवाइलको नेटवर्क हुदैन ।

त्यसैले हरिश दैनिक २ किलोमिटर उकालो चढेर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ४०/४५ डिग्रीको प्रचण्ड गर्मीमा अनलाइन कक्षा लिदै आएका छन् ।

यति धेरै संर्घषका बावजुद पनि हरिशको मनोबल कम भएको छैन । उनी दैनिक सबेरै उठेर पहाडको उकालो चढ्दछन र नेटवर्क आउने स्थानमा पुगेर अनलाइन कक्षामा भाग लिन्छन् ।

हालैमा उनको लगन र मेहनतलाई स्रहाना गर्दै चर्चित क्रिकेटर वीरेन्द्र सहवागले सहयोग गरेका छन् । हरिश स्थानीय बाडमेरको पचपदरामा स्थित जवाहर नवोदय विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ५८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६